

अबदेखि विद्यालयहरुले कक्षा १ मा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले कक्षा १ मा प्रवेश परीक्षा लिन नपाउने निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशन दिएको हो । यस्तै केन्द्रले कक्षा १ मा भर्ना तथा प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न पनि रोक लगाएको छ ।
कुनै संस्थाले प्रवेश परीक्षा सञ्चालन गरेको वा नगरेको विषयमा आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन केन्द्रले सबै पालिका र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय एवं सहजीकरणका लागि सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अहिले सहरका विभिन्न ठाउँमा कक्षा १ मा विद्यार्थीलाई प्रवेश परीक्षाका लागि भनेर महिनौँदेखि घोकाउने तथा कण्ठस्थ गराउनेजस्ता गतिविधि भइरहेका छन् । यस्ता गतिविधिले बालबालिकाको सिर्जनात्मक र अन्तर्निहित प्रतिभामा हानि पुर्याउने भन्दै विरोध भइरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |