Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ ३१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

४ घण्टा अघि
२

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

५ घण्टा अघि
३

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ दिन अघि
४

मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

२ दिन अघि
५

सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

३ दिन अघि
६

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ दिन अघि
७

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ दिन अघि
८

गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन

३ दिन अघि
९

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
१०

टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण

४ दिन अघि
११

विभेदकारी नीति विरुद्ध धादिङका पत्रकारको बिरोध

५ दिन अघि
१२

गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट दोस्रो विदेशी प्लेयर घोषित

५ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

२ हफ्ता अघि
४

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

२ हफ्ता अघि
५

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ हफ्ता अघि
६

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ हफ्ता अघि
७

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ दिन अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
१०

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ दिन अघि
११

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

३ हफ्ता अघि
१२

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ दिन अघि

नेपाल र नेपाली डायस्पोरामा मानसिक स्वास्थ्य

  • Default Profile
  • बागमती कलम
  • ७३८ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ माघ १७, मंगलबार (३ साल अघि)
नेपाल र नेपाली डायस्पोरामा मानसिक स्वास्थ्य

नेपाल र नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गएको भन्दै स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

गैरआवासीयनेपाली संघ (एनआरएनए) को महिला विभाग अन्तर्गतको महिला स्वास्थ्य तथा  शिक्षा कार्यदलले आयोजना गरेको ‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रममा स्वास्थ्य विज्ञहरुले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या र त्यसका कारण आत्महत्या जस्ता गम्भीर घटनाहरु बढीरहेको भन्दैचिन्ता व्यक्त गर्दै ती समस्या सम्बोधनका लागि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् । कार्यदलकी अध्यक्ष एवं कार्यक्रम संयोजक डा एलिनी पोखरेल सुवेदीका अनुसार  विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई नै स्वास्थ्य सेवा दिने उद्देश्यले सोकार्यक्रमको थालनी गरिएको हो । भर्चुअल माध्यमबाट आज (२९ जनवरी २०२३) पहिलो चरणको कार्यक्रम एसिया प्यासिफिक क्षेत्रबाट सुरु गरिएको हो ।

कार्यक्रममा  त्रिभुवन विश्व विद्यालयका प्रोफेसर. डा. सरोज प्रसाद ओझा ( मनोचिकित्सक) ले मानसिक स्वास्थ्यका बारेमा अध्ययनपत्र प्रस्तुतगर्दै नेपालसहित विदेशमा रहेका नेपालीहरु मानसिक स्वास्थ्य समस्याको जोखिममा धकेलिने क्रम बढ्दो रुपमा रहेको बताए ।  नेपालमा मानसिक स्वास्थ्यका कारण आत्महत्याका घटना बढ्दो क्रममा रहेकोले यससम्बन्धमा गम्भीर हुनुपर्ने बताए । उनका अनुसार नेपालमा मात्रै नभई डायस्पोरामा रहेका नेपालीमा पनि मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको भन्दै उहाँले सरोकारवाला सबै मिलेर उक्त स्वास्थ्य जोखिमन्यूनीकरणका लागि काम गर्नुपर्ने  छ ।

उनले भने,  “मानसिक स्वास्थ्य समस्याका विषयमा खुलेर कुरा गर्न रुचाउँदैनन् ,करीब ९० प्रतिशतले मानसिक स्वास्थ्य परामर्श नै पाउँदैन नकी उनीहरुले आफ्नो समस्या खुलेर व्यक्त गर्दैनन् वा गर्नका लागि उचित स्थान वा मौका नै पाउँदैनन्, मानसिक स्वास्थ्य बिना कुनै मान्छे स्वस्थ हुन सक्दैन तर यो बुझाउन सकिएको छैन ।” उनका अनुसार ८० प्रतिशत आत्महत्या मानसिक स्वास्थ्यका कारण हुने गरेको पाइएको छ। २५ प्रतिशत नेपालीमा मानसिक स्वास्थ्य समस्या हुने र समस्याग्रस्त मध्ये ९० प्रतिशत मानसिक स्वास्थ्य सेवाको पहुँच बाहिर हुने गरेको डा ओझाले बताए । मनोपरामर्श, खानपान र शारीरिक व्यायाम, योग, ध्यान लगायतका गतिविधिमा ध्यान दिन प्रोत्साहन गर्न सके समस्याकेही हदसम्म समाधान हुने उनको भनाई थियो ।

कार्यक्रममा हाल दक्षिण अफ्रिकामा रहनुभएका डा पुष्पराज भट्टराईले  महिलाहरुमा हुने स्तन क्यान्सरको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका छन् । डाभ ट्टराईले सहजै निधान  गर्न सक्ने भएपनि सचेतनाका अभावका कारण स्तन क्यान्सर विकराल बन्दै गएको बताए ।  विश्वभर, प्रत्येक ८महिलामा १ जनामा स्तन क्यान्सर हुने सम्भावना रहने भन्दै डा भट्टराईले नेपाल र डायस्पोरामा पनि स्तन क्यान्सरका सम्बन्धमा बृहत रुपमासचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उनले भने,, “सजिलै निधान गर्न सकिने र उपचार हुने भएपनि चेतना अभाव वा भनौं व्यक्ति जागरुक नहुँदा यो क्यान्सर घातक बन्दै गइरहेको छ, समयमै उपचार पाए यो समस्या ९० प्रतिशतसम्म उपचार गर्न सकिन्छ ।” विकसित राष्ट्रमा पनि स्तन क्यान्सरको समस्या बढ्दो क्रममा रहेको भन्दै डा भट्टराईले नेपाल र डायस्पोरामा बृहत रुपमा सचेतनामुलुक कार्यक्रमसञ्चालन गर्न जरुरी भएको बताए ।  सन् २०२० मा जारी एक अध्ययन प्रतिवेदन अनुसार विश्वभर सबैभन्दा २२ लाख भन्दा बढीमा स्तनक्यान्सर पत्ता लागेको थियो ।

बेलायतका डा अमृत पोखरेलले महिलाहरुको प्रजनन अंगमा हुने क्यान्सरका विषयमा आफ्नो प्रस्तुती गरेका छन्। डा पोखरेलका अनुसार पछिल्लो समय महिलाको योनी, पाठेघरभित्र र पाठेघरको मुखको क्यान्सर, अण्डाशयको क्यान्सर बढ्दो क्रममा रहेको बताउनुभयो । क्यान्सरजस्तो घातक रोगको बारेमा जनचेतना अभावमा कयौंको ज्यान जाने गरेकोले त्यस सम्बन्धमा व्यापक जनचेतना र सरकार र सरोकारवालासँगकोसमन्वयमा रणनीतिक योजना बनाएर अघि बढ्नुपर्नेमा डा पोखरेलले जोड दिनुभयो ।

कार्यदलकी सहअध्यक्ष  हाल जापानमा रहनुभएकी जनस्वास्थ्य स्कलर एलिजा केसी भण्डारीले स्वास्थ्य बीमाको महत्वमाथि प्रकाश पारेकी थिइन् ्स्वास्थ्य बीमालाई सही तरिकाले प्रयोग गर्न सके सहजै स्वास्थ्य सेवाको पहुँचमा पुग्न सकिने उनको भनाई थियो । संसारका कोही पनि मानिसले कुनै पनि हालतमा स्वास्थ्य सुविधा पाउनुपर्ने भन्दै समान पहुँचका लागि स्वास्थ्य बीमा फलदायी हुनसक्ने,  विदेशमा स्वास्थ्य बीमा के कसरी लिने भन्ने विषयमा उहाँले जानकारी गगराएका छन । यस्तै, साउथ अफ्रिकामा रहनुभएकी कार्यदलकी सचिव सरितापाण्डे भट्टराईले स्वदेश र विदेशमा पनि मानसिक र शारीरिक स्वास्थ्य आवश्यक रहेको भन्दै विश्वभर नेपालीको घनत्व रहेका स्थानमा स्वास्थ्यसेवाको पहुँच स्थापना गर्न आवश्यक रहेकोने बताइन ।

कार्यक्रमको सञ्चालन  एसिया प्यासिफिक महिला डीआरसी, एवं कार्यदलकी क्षेत्रीय संयोजक डा इन्दिरा तिवारीले गर्नुभएको थियो । डातिवारीले डायस्पोराका नेपालीका लागि लामो समयदेखि पैरवी गर्दै आउनुभएको छ  । कार्यक्रममा आइसीसी  उपाध्यक्षहरु डा हेमराज शर्मा, उपाध्यक्ष महेश श्रेष्ठ, नारायण आचार्य, ,उपमहासचिव रामशरण सिम्खडा, कोषध्यक्ष फणिन्द्र पन्त, आइसीसी महिला सचिव राधिकागुरुङ,एसिया प्यासिफिक क्षेत्रबाट पारसमणि पोखरेल र डण्डपाणी कँडेल, आएसीसी तथा एनसीसीका अभियन्ता, सञ्चारकर्मी लगायतकोसहभागीता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • barsa

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

  • file_000000000c10720ba45deab6d27b2ceb

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

  • pakrau

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

  • malekhu-mugling-sadak-pul

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

  • समाचार
  • १

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना
    ४ घण्टा अघि

  • २

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट
    ५ घण्टा अघि

  • ३

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ
    १ दिन अघि

  • ४

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी
    २ दिन अघि

  • ५

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना
    ३ दिन अघि

  • ६

    झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ
    ३ दिन अघि

  • ७

    घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ
    ३ दिन अघि

  • ८

    गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन
    ३ दिन अघि

  • ९

    धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते
    ४ दिन अघि

  • १०

    टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution