

धादिङ,२८ चैत।
गर्मी मौसम सुरु भएको छ । बैशाख महिना सुरु हुन लागेको छ,गर्मिमा पसिना आउनु स्वभाविक हो ।
गर्मी मौसममा पसिना आउनु र त्यसको शारीरिक गन्धका मुख्यतः काखी गन्हाउनु सबैभन्दा ठूलो टाउको दुखाइको बिषय बन्न जान्छ। त्यसले आत्मविश्वासमा पनि कमी ल्याउँछ ।
अत्याधिक पसिना आउनुलाई चिकित्सकिय भाषामा ‘हाइपर हाइड्रोसिस’ भनिन्छ । यो अवस्था दुई कारणले हुन सक्छ । पहिलो, प्राकृतिक रूपमा शरीरमा अत्याधिक पसिना आउनु र दोस्रो बाहिरी अवस्थाका कारण अत्याधिक पसिना आउनु ।
‘हाइपर हाइड्रोसिस’ ले शरीरको एक विशेष भागलाई बढी असर गर्छ, जसको अर्थ हो शरिरको कुनै भागमा अन्य भागहरूमा आउने भन्दा बढी मात्रामा पसिना आउनु। यसमा सबैभन्दा बढी काखीमा बढी मात्रामा पसिना आउँछ र साथै हात खुट्टामा पनि अत्याधिक पसिना आउने समस्या पनि हुन सक्छ ।
काखीमा आउने पसिनाको दुर्गन्ध हटाउन यी पाँच उपाय अपनाउहोस्
१) काँखीमा पसिनाबाट कसरी छुटकारा पाउन ‘डिओड्रेन्ट’को प्रयोग गर्ने
२) दिनमा दुई पटक ‘एप्पल साइडर भिनेगर’ को प्रयोग गर्ने,
३) कागतीको प्रयोग गर्ने
४) नियमित रुपमा काँखीका रौँहरु हटाउने
५) नियमित रुपमा पानी प्रयोग गरेर काँखी पखाल्ने





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |