

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तराईमा गर्मी बढेसँगै ‘लु’ बाट बच्न आग्रह गरेको छ । तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै लु चल्ने सक्ने भएकाले बच्न मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आग्रह गरेका छन् ।
मन्त्रालयले तातो हावा वा लुबाट बच्नका लागि दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कन परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्न, फलफूलको रस र पानी पिउन तथा धेरै पसिना आएमा जीवनजल खाना आग्रह गरेको छ ।
यस्तै, चिसो पानीमा नुहाउन, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नखान, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्न, मदिरा सेवन नगर्न र चिनीको मात्रा बढी भएको झोल पदार्थ पनि नखान मन्त्रालयले आग्रह गरेको छ ।
तातो हावा वा तथा लुले हृदयको गति तीव्र बनाउने, श्वासप्रश्वास र रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने र अचेत हुने जस्ता समस्या देखापर्दछन् । यस्तै, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने गर्दछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |