

धादिङ,२६ बैशाख ।
धादिङको ज्वालामुखी गाउँपालिकाले महिलाहरुलाई उद्धघोषण तथा भाषण कला तालिम दिने भएको छ ।
गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै गाउँपालिका भित्रका आमा समुहको अध्यक्ष वा पदाधिकारी, महिला सहकारीको अध्यक्ष वा पदाधिकारी/प्रवन्धक/कर्मचारी, टोल विकास संस्थाको महिला अध्यक्ष वा पदाधिकारी र महिला स्वयंसेविकाहरुलाई जेठ ३ गतेदेखि ३ दिने उद्धघोषण तथा भाषण कला तालिम संचालन गर्ने जनाएको छ ।
गाउँपालिकाको आयोजनामा महिला क्षमता विकास कार्यक्रम अन्तर्गत हुने तालिममा प्रत्येक वडाबाट १०÷१० जना महिलाहरु सहभागि हुने पाउने सूचनामा भनिएको छ ।
तालिममा सहभागि हुन एसएलसी वा सो सरह उत्तीर्ण भएका महिलाहरुको जेठ १ गते भित्र सम्बन्धित वडा कार्यलयमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |