

कोभिड १९ को मापदण्ड परिमार्जन गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोना सङ्क्रमणदर घट्दै गएपछि मापदण्ड परिमार्जन गरिएको जनाएको छ । यसअघिसम्म सार्वजनिक ठाउँमा मास्कको प्रयोग अनिवार्य गरिएकोमा अब मास्कको प्रयोग स्वेच्छिक हुने जनाएको छ ।
यस्तै मन्त्रालयले सङक्रमण दर कम भएपछि यात्रुले कोरोना परीक्षण गरेको र कोरोनाविरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताएको छ ।
अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने पनि सूचनामा उल्लेख छ ।कोरोनाको सङ्क्रमण दर र अस्पतालमा भर्ना दरमा कमी आएको र धेरैले पूर्णमात्रा खोप लगाइसकेको अवस्था तथा छिमेकी देश भारतमा पनि सङ्क्रमण दर न्यून रहेकाले परीक्षण र खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने गरिने जनाएको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |