

सर्पदंशबाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले गर्मी र बर्खायाममा विशेषगरी तराई क्षेत्रमा विषालु सर्प देखिने भएकाले सर्पदंशबाट जाेगिन आग्रह गरेकाे हाे ।
याे माैसममा सर्पकाे डर बढी नै हुने भएकाले विशेष सावधानी अपनाउन मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सुझाव दिनुभएकाे छ ।
उहाँले राति हिँड्नुपरे टर्च लाइट लिएर हिँड्न, जुत्ता वा गमबुट लगाउन, खुट्टा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउन, घर वरपरको घाँस झारपात काटेर सफा राख्न एवं जमिनका दुला टाल्न आग्रह गर्नुभएको छ।
यस्तै पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउन, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्न, सधैँ झुल टाँगेर सुत्न मन्त्रालयकाे सुझाव छ ।
सर्पले टोकिहाले के गर्ने ?
सर्पले डसेको ठाउँलाई चल्न नदिइ स्थिर राख्ने,
सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा मलम, टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने
धामी–झाँक्रीतिर नलाग्ने,
विष सोस्ने कुराको पछि नलाग्ने,
सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने,
जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा बिरामीलाई पुर्याउने





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |