

धादिङ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २३ औँ वार्षिकोत्सवको अवसरमा बालबालिकाहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्री वितरण गरिएको छ ।
मंगलबार नीलकण्ठ नगरपालिका वडा नं २ को अन्नपूर्ण आधारभुत विद्यालयका ७५ जना बालबालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको हो ।

बालबालिकाहरुलाई कापी, कलम, पेन्सिल ईलेजर लगायतका सामग्री वितरण गरिएको थियो भने विद्यालयलाई भलिबल, फुटबल, ब्याडमिन्टन ¥याकेट, सटक कर्क लगाएतको खेलकुद सामाग्री सहयोग गरिएको थियो ।
प्रयास नेपालका अध्यक्ष बिर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्यहरु, प्रयास नेपालकी उपाध्यक्ष उषा वि.क, कार्यकारी निर्देशक दामोदर अर्याल, परियोजनाका व्यवस्थापक केशव सिग्देल, संस्थाका कर्मचारीहरु,शिक्षक शिक्षिका र अभिभावकहरुको उपस्थिती रहेको थियो ।


सामाजिक, आर्थिक रुपमा कमजोर रहेका समुदायका बालबालिकाहरुको सिकाई वातावरण सिर्जनामा सहजताको लागि सामाग्री सहयोग गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यस्तै संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले बिद्यार्थीको शिक्षासँगै खेलकुद क्षेत्रमा पनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग गरिएको बताउनुभयो ।
शैक्षिक तथा खेलकुद सामाग्रीले बालबालिकामा सिकाई वातावरण सिर्जना गर्न तथा सहजिकरणमा सहयोग पुग्ने विद्यालयकी प्रधानाध्यापक उर्मिला तिमिल्सिना अधिकारीले बताउनु भएको छ ।
वि.स. २०५८ सालमा स्थापना भएको प्रयास नेपाल २३ औ वर्षमा प्रवेश गरेको छ।
महिला, बालबालिका, पछाडिपारिएका वर्गका हितमा काम गर्दै आएको यस संस्थाले धादिङ जिल्लासँगै छिमेकी जिल्लाहरुमा समेत कार्यक्षेत्र बनाएको छ ।
गाउँ/नगरपालिका, सरकारी निकायहरु तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदारहरुसँगको समन्वय, साझेदारी तथा सहकार्यमा बिशेष गरी समुदायमा आधरित अभिावक शिक्षा, शिक्षामा पहुँच सुनिश्चितता, जिविकोपार्जन स्वास्थ्य सरसरफाई सुशासन केन्द्रित कार्यहरु गर्दै आईरहेको छ ।
हेर्नुहोस् भिडियो………





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |