

धादिङका नारायणकुमार श्रेष्ठसहित १४ जना राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित भएका छन् ।
मंगलबार सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी २३ व्यक्ति र संस्थालाई ११ औँ राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड) प्रदान गरेको छ ।
राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित हुनेमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक धादिङका नारायणकुमार श्रेष्ठ,एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम थापा, बाल मजदुर सरोकार केन्द्र (सिविन), मुटुरोग विशेषज्ञ डा कमल शर्मा लम्साल, रक्षा नेपालका संस्थापक मेनुका थापा, मानव बेचबिखनविरुद्धका अभियानकर्मी इन्द्रराज भट्टराई, टोपबहादुर मल्ल, संरक्षण अभियन्ता बल्लु गुप्ता, समाजसेवीहरु प्रेमकुमार खत्री, सरु सुवेदी, दिनेश उप्रेती, हिमालयन एनिमल ट्रष्टका संस्थापक खगेश्वर शर्मा भट्टराई, डोल्पाली चिकित्सक डा अखण्ड उपाध्याय, व्यावसायिक कृषक यादव ढकाल, सूर्यविनायक नगर अस्पताल, चिकित्सक डा मनिषा कार्की हुनुहुन्छ ।
६० पटक रक्तदान गरिसक्नु भएका श्रेष्ठ धादिङमा रक्तदान कार्यक्रम सँगै विभिन्न घट्नाहरुमा निस्वार्थ सेवा गर्दै आउनु भएको छ । एम्बुलेन्स अंकलको नामले परिचित रेडक्रसकर्मी तथा समासेवी श्रेष्ठ प्राथमिकता उपचार सम्बन्धी प्रशिक्षक पनि हुनुहुन्छ।
यस्तै विशेष समाजसेवा सम्मानबाट सम्मानित हुनेमा ललितपुरका समाजसेवी सुलोचना शाक्य, लायन्स इन्टरनेसनलका सेकेण्ड सेञ्चुरी एम्बेसडर अनन्तप्रसाद भेटुवाल, समाजसेवी तथा व्यवसायी लायन मानबहादुर रोका, राष्ट्रिय समाचार समिति (रासस) का शिक्षा पत्रकार प्रकाश सिलवाल, किवानिज क्लब नेपालका डिस्ट्रिक्ट डिभिजन–३ एलटी गभर्नर (इलेक्ट) प्रमिला लामिछाने, मकवानपुरको थाहा इन्भेस्टमेन्ट ग्रुप र काठमाडौँको बागमती सफाइ महाभियानका प्रतिनिधि हुनुहुन्छ ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना र प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सम्मान प्रदान गर्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |