












भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय सम्बन्धी छरिएर रहेका ऐन र कानुनहरूलाई एकीकृत गर्ने काम मन्त्रालयले गरिरहेको बताएकी छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको आज मन्त्रालयमा भएको एक कार्यक्रममा विमोचन गर्दै मन्त्री श्रेष्ठले भूमि तथा सहकारी सम्बन्धी छरिएर रहेका र पुराना कानुनहरुलाई समेटेर एकीकृत कानुन निर्माण गर्ने र समयानुकूल बनाउने काम मन्त्रालयले शुरु गरिसकेको बताइन् ।
मन्त्री श्रेष्ठले गुठी विधेयक ल्याउनका लागि तयारी गरिरहेको पनि जानकारी दिइन् । नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै मन्त्री श्रेष्ठले सदस्य केन्द्रित सहकारी विकास गरेर जाने र मस्याग्रस्त सहकारीहरुको उचीत वयवस्थापन गरी आगामी दिनमा सहकारीहरुलाई समस्याग्रस्त बन्नै नदिने गरी काम भइरहेको बताइन् ।
मन्त्री श्रेष्ठले सहकारीहरु आफ्नो उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिँदै यस अनुरूप चलेको थुप्रै सहकारीहरुले राष्ट्रहित र जनहितको पक्षमा राम्रो काम गरिरहेको पनि बताइन् ।
उनले भूमिको उचित प्रयोग गरी उत्पादन र उत्पादकत्व बढाएर सहकारीका माध्यमबाट रोजगारीको विकास गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने भन्दै त्यस तर्फ सहकारीहरु लाग्नु पर्नेमा जोड समेत दिइन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |