












लामोदुरीका यात्रुबाहक सवारी साधनमा दुई चालक नराख्ने ४१ जना कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौंको नागढुंङगा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाएपछि कारवाही गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार टिसिए एपमा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुङ्गा नाका सहित सातै वटै प्रदेशका १५ स्थानमा रहेको चेक प्वाइन्टमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए/नभएको यकीन हुन्छ ।
०७५ माघ २८ बाट सुरु भएको यो चेकिङ केही समय, सञ्चालनपछि कोभिड लगायतले रोकिएकोमा पुनः गत असोज ३१ बाट शुरुवात भएको थियो । पछिल्लो पटक ४१ सवारीसाधनका चालक कारवाहीमा परेको महाशाखाले जनाएको छ ।
उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा १०४ मा पनि चालकको पालो फेर्नु पर्ने व्यवस्था अन्तर्गत लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्तिमा दुईवटा चालक अनिवार्य रूपमा राखी प्रत्येक ५ घण्टापछि पालै पालोसँग सवारी चलाउनुपर्छ ।
तनाव र थकानले दुर्घटनाको जोखिम बढ्ने भएकाले अनिवार्य रुपले लामोदुरीका यात्रुबाहक सवारीसाधनमा दुई जना चालकको व्यवस्था छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |