












देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेको छ । हिजो भन्दा आज चिसो धेरै छ । काठमाण्डौको न्यूनतम तापक्रम आज एक डिग्री सेल्सियसले घटेको छ ।
हिजो ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । देशभरकै तापक्रम क्रमिक रुपमा घट्दै गइरहेको छ । न्यूनतमसँगै देशभरकै अधिकतम तापक्रम पनि घट्न थालेको छ ।
हिउँदयामको मध्यतिर आइपुगेकाले पनि जाडो बढेको हो । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । डिसेम्बर महिना सकिएर जनवरी सुरु हुन लागेको छ । आज डिसेम्बर २८ तारिख हो । आउँदो आइतबारदेखि जनवरी सुरु हुन्छ ।
अहिले पहाडीसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । पहाडी क्षेत्रको कुहिरो हटेर घाम लाग्ने सम्भावना छ तर तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज प्रदेश १ को पहाडी क्षेत्रको मौमस आंशिकदेखि सामान्य बद्ली हुने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |