












नेपाल प्रहरीले ज्यान मार्ने मुद्दामा फरार चन्द्रागिरिका एक व्यक्तिलाई ३५ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०४४ वैशाख ८ गते सवारी ज्यान मुद्दामा अदालतबाट तीन हजार ५० जरिवाना तोकेपछि फरार रहेका चन्द्रागिरि नगरपालिका-१५ तीनथानाका ६० वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
काठमाडौँ प्रहरीले आइतबार मात्र ज्यान मार्ने उद्योग, जालसाँजी, बाल यौन दुरुपयोग, चेक अनादर, बैंकिङ कसुर, सवारी ज्यान, जुवा, लेनदेन बिगो र आफूलाई फाइदा बैंकलाई हानी पुर्याउनेलगायतका कसुर मुद्दामा २६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मुद्दामा अदालतबाट जरिवाना र कैद ठहर भएपछि फरार रहेका २६ जनालाई एकैदिन पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौँ पेश गरिएको प्रवक्ता मैनालीले बताए । यस्तै प्रहरीले गत पुस १२ देखि १७ गतेसम्म अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र सजाय सुनाइएका ६५ जनालाई पक्राउ गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |