












जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
बुधबार दिउँसो हेटौंडा–१७ सालक पार्कबाट सिन्धुपाल्चोक जिल्ला बाहृबिसे-३ का २१ वर्षीय सोम बहादुर बम्जन, सोही ठाउँका ३३ वर्षीय दिवस बम्जन, बाहृबिसे–४ का २८ वर्षीयका कान्छा तामाङ र त्रिपुरासुन्दरी–३ का २८ वर्षीय सुक्र तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
उनीहरूको साथबाट १,७४१ अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ६ हजार २१० नेपाली रुपैयाँ, तीन वटा मोटरसाइकल, ८ बण्डल कागजको नक्कली नोट, मोबाईल ५ थान समेत बरामद गरिएको उनले बताए ।
उनीहरूलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९, २५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ(एक्टर्सन) सम्बन्धी कसुर तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी कारबाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |