

आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ ।
यो वर्ष पनि काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा २५औं भूकम्प सुरक्षा दिवस मूल समारोहको आयोजना गर्न पूर्वनिर्धारित कार्यक्रम थियो । त्यसबाहेक हरेक प्रदेश र स्थानीय तहले पनि कार्यक्रम मनाउने भनिएको थियो ।
तर, आइतबार पोखरामा विमान दुर्घटना भएपछि सरकारले भूकम्प सुरक्षा दिवसका सबै कार्यक्रम स्थगित गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अध्यक्षसमेत रहेका गृहमन्त्री रवी लामिछानेको अध्यक्षतामा आइतबार बसेको बैठकले दिवसमा औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको थियो ।
पछिल्लो पटक विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लिएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |