


























सिम डुप्किकेसन गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-४ घर भई काठमाडौं गंगोवु बस्ने २६ वर्षीय पुर्ण योगी भन्ने पुर्णनाथ योगीलाई प्रहरीले पक्राउ गरेको छ ।
योगीले सामाजिक संजाल फेसबुक, ह्वाट्स एप, ईमो जस्ता एपको दुरूपयोग गरी आकर्षक तलब सुबिधामा फ्रान्स, स्विजरल्याण्ड जस्ता विकसित देशहरूमा रोजगारीको अवसर रहेको भन्दै विज्ञापन राखी भिसा प्रोसेसिङको लागि सम्पर्कमा आएका व्यक्तिको सक्कल कागजात मागेका थिए ।
तत्पश्चात भिसा प्रोसेसिङको लागि बैंक खातामा रकम जम्मा गर्न लगाउनुको साथै पीडितहरूले पेश गरेको नागरिकता तथा राहदानी समेतका प्रतिलिपिहरू मोबाइल सेवा प्रदायक कम्पनीहरूमा पेश गरी पीडितहरूको नामबाट सिम निकाली डुप्लिकेशनको माध्यमबाट पीडितहरूको मोबाइल बैंकिङमा पहुँच पुर्याई पीडितहरूको खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला परिसर काठमाडौं पठाइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |