Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ ७, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

बागमती प्रदेश बुद्धिचालमा ललितपुर टिम विजेता

९ घण्टा अघि
२

गङ्गाजमुना गाउँपालिकाको बजेट ६० करोड ५३ लाख,पूर्वाधार विकास देखी पर्यटन प्रवद्र्धन प्राथमिकता

९ घण्टा अघि
३

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

२0 घण्टा अघि
४

प्रदेश स्तरीय खेलकुद प्रतियोगिता : धादिङको महिला भलिबल टिम प्रथम हुँदा पुरुष टिम तेस्रो

२१ घण्टा अघि
५

कार्यसम्पादन मूल्याङ्कनमा धादिङ प्रहरी लगातार दोस्रो पटक उत्कृष्ट

१ दिन अघि
६

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

१ दिन अघि
७

बागमती प्रदेश बुद्धिचालमा ललितपुर जिल्ला अगाडी

१ दिन अघि
८

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

१ दिन अघि
९

नेत्रावती डवजोङका शिक्षकलाई आइटम राइटिङ कार्यशाला, सिकाइ उपलब्धि बढाउने अपेक्षा

१ दिन अघि
१०

भित्रियो मनसुन : औसत मितिभन्दा ६ दिन ढिला,देशभर फैलिन समय लाग्ने

१ दिन अघि
११

त्रिपुरासुन्दरी गाउँपालिकाको बजेट ६१ करोड २५ लाख ७९ हजार: प्रत्येक वडाको भागमा ३५ लाख

१ दिन अघि
१२

रुपेश जैसवाल र कृतिसरा अधिकारी राष्ट्रिय चेस विजेता

१ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

१ हफ्ता अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

२ हफ्ता अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

१ हफ्ता अघि
४

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

४ हफ्ता अघि
५

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

४ हफ्ता अघि
६

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

१ दिन अघि
७

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

४ हफ्ता अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ हफ्ता अघि
९

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ हफ्ता अघि
१०

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

१ हफ्ता अघि
११

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ महिना अघि
१२

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि

४५ एम्बुलेन्स हस्तान्तरण गर्दै आइएफआरसी

  • Default Profile
  • बागमती कलम
  • १७४ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ माघ ५, बिहिबार (३ साल अघि)
४५ एम्बुलेन्स हस्तान्तरण गर्दै आइएफआरसी

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डललले कोभिड– १९ प्रतिकार्यमा आफ्नो सहयोग जारी राखेको छ ।

पछिल्लो समय उसले विशेष गरी कोभिड–१९को विरुद्धको खोप सर्वसाधारणसम्म पहुँच पु¥याउन नेपाल रेडक्रस सोसाइटीलाई निरन्तररुपमा सहयोग उपलब्ध गराइरहेको हो ।

आइएफआरसीले नेपालमा कोरोना सङ्क्रमणको जोखिमका अवस्थादेखि नै ‘कोभिड–१९ प्रतिकार्य’ योजना बनाई जोखिमका बारेमा सञ्चार तथा सामुदायिक संलग्नता र जवाफदेहितासम्बन्धी अवधारणाका माध्यमबाट सहयोग गरेको थियो । सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि रोकथामका उपाय, अत्यावश्यक मेडिकल सेवामा सहयोग,सामाजिक आर्थिक प्रभावलाई सम्बोधन र खोप अभियानमा सहयोगजस्ता नेपालमा कोभिड–१९ कार्यसञ्चालनका उसका मुख्य क्षेत्र छन् ।

अहिले २२ जिल्लामा खोपसम्बन्धी गतिविधिमा नेपाल रेडक्रसलाई सहयोग जारी राखेको नेपाल स्थित आइएफआरसी कार्यालयले जनाएको छ। आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले भन्नुभयो, “सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि कोभिड–१९ प्रतिकार्यमा सहयोग जारी छ । यसका अतिरिक्त विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपतकालीन परिस्थितिभन्दा पहिले, त्यस्ता परिस्थितिको अवधिमा र त्यस्ता परिस्थिति सङ्कटासन्न मानिसका आवश्यकताको पूर्ति गर्नका लागि एवं तिनको जीवन सुधार ल्याउने जस्ता मानवीय सेवाका कार्यक्रम जारी छ ।”

एम्बुलेन्स हस्तान्तरण गर्दै

आइएफआरसीले सन् २०२३ मा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण तयारी गरेको छ। ती एम्बुलेन्स ग्रामीण क्षेत्रमा उपयोग गरिने जनाइएको छ । ती एम्बुलेन्स नेपाल भित्रिसकेको उसले जनाएको छ ।

यस परियोजनाका लागि अनुमानित स्वीस फ्रयाक करिब १२ लाख (रु १६ करोड ७८ लाख) रहेको उसले जनाएको छ । आइएफआरसीले २०२२ मा नेपाल रेडक्रसलाई ‘डबल क्याबिन’ भएका १० ‘पिकअप गाडी’ हस्तान्तरण गरेको थियो ।

रणनीतिक प्राथमिकता र सहयोग

उहाँले भन्नुभयो, “आइएफआरसीको रणनीति २०३० ले एक सय ९२ रेडक्रस तथा रेडक्रिसेन्टको सामूहिक महत्वकाङ्क्षा प्रतिनिधित्व गर्दछ र भविष्यमा लागि सङ्गठनको दूरदृष्टि खाका प्रस्तुत गर्दछ ।”

नेपाल रेडक्रसले आइएफआरसी को सहयोगमा सन् २०२२ मा आफ्ना कार्यक्रम तथा सेवाद्वारा पाँच मुख्य रणनीतिक प्राथमिकतामाथि जोड दिँदै सङ्कटासन्न समुदायलाई मानवीय सहायता उपलब्ध गराएको थियो । यसमा जलवायु तथा वातावरणीय सङ्कटमा १२ हजार दुई सय ५९, विकसित हुँदै जाने सङ्कट तथा विपद्मा एक लाख २२ हजार चार सय ४१, स्वास्थ्य तथा कल्याण तीन लाख चार हजार तीन सय चार, मूल्य, शक्ति तथा समावेशिता १५ हजार एक सय २३ लाभान्वित भएका थिए ।

नेपालमा आइएफआरसी

आइएफआरसी विश्वकै सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन हो र यसको सचिवालय स्वीट्जरल्याण्डको जेनेभामा छ । उसले मानवीय हितका लागि करिब एक करोड ५० लाख स्वयंसेवकलाई सङ्गठित गरी एक सय ९२ भन्दाबढी मुलुकमा स्थानीय रेडक्रस तथा रेडक्रिसेन्टका क्रियाकलापको सहयोग उपलब्ध गराउँछ ।

सन् २०१५ अप्रिल २५ मा नेपालमा गएको अकल्पनीय ‘गोरखा भूकम्प’पश्चात् आइएफआरसीले भूकम्प प्रभावितको खोज, उद्धार तथा राहत वितरणमा महत्वपूर्ण सहयोग गरेको थियो । साथै उसले भूकम्प अति प्रभावित १४ जिल्लामा आवास निर्माण, स्वास्थ्य, सरसफाइमा सहयोग गरेको थियो ।

आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख उल्लाले भन्नुभयो, “नेपालमा आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीसँग घनिष्टरुपमा मिलेर काम गर्दछ ।” नेपाल रेडक्रसको स्थापना स्थापना सन् १९६४ मा भएको थियो । उसले मुलुकका सात प्रदेश तथा ७७ जिल्ला शाखा तथा एक हजार ५०० भन्दाबढी उपशाखाका माध्यमबाट विपद् पूर्वतयारी, आपत्कालीन परिस्थिति, स्वास्थ्य तथा समावेशवेशिताका क्षेत्रमा सरकारको सहयोगीका रुपमा काम गर्दछ । एक लाख २५ हजारभन्दा बढी सक्रिय स्वयंसेवकले नेपाल रेडक्रसका माध्यमबाट मानवीय हितमा योगदान पु¥याउँदछन् ।

भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन सहयोग

आइएफआरसीको आर्थिक सहयोगमा नेपाल रेडक्रसले डोटी, अछाम र बझाङका भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिरहेको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरगाउँ केन्द्रबिन्दु बनाएर गत कात्तिक २३ गते बिहान गएको ६ दशमलव ६ म्याग्नेच्युडको भूकम्पबाट सो गाउँका छ जनाको अकालमा मृत्यु भएको थियो भने आठजना घाइते भएका थिए ।

अहिले ती तीनै जिल्लाका भूकम्प प्रभावित गाउँपालिकामा क्षतिको विस्तृत आँकलन जारी रहेको जनाइएको छ । भूकम्प अतिप्रभावित तीन सय लाभग्राहीलाई नगद सहयोग थालिएको हो ।

सोसाइटीले भूकम्प प्रभावित सङ्कटासन्न परिवारको स्वास्थ्यलाई ख्याल गर्दै चार हजार चार सय त्रिपाल, दुई हजार दुई सय कम्मल, पाँच सय मर्यादा किट वितरणलाई तीव्रता दिएको छ । स्थानीय पालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा लाभग्राही छनोट भएका सोसाइटीले जनाएको छ ।

भूकम्प अति प्रभावित प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न रु ७३ हजार छ सय, अत्यावश्यक वस्तु खरिद गर्न रु १५ हजार र शौचालय निर्माण गर्न रु १० हजार गरी रु ९८ हजार छ सय प्रदान गर्न थालिएको नेपाल रेक्रसले जनाएको छ ।

भूकम्पबाट सबैभन्दा बढी डोटीका दुई सय, अछामका ५० र बझाङका ५० परिवारलाई उनीहरूकै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ । नेपाल रेडक्रसले ती तीनसय अति प्रभावितमध्ये पनि सुत्केरी, गर्भवती, अपाङ्गता तथा अति सङ्कटासन्न परिवारलाई न्यायो कपडासहित रु १५ हजार सहयोग गर्ने नीति लिएको छ । यसमा डोटीका दुई सय, अछामका एक सय र बझाङका एक सय लाभग्राही पहिचान गरिएको छ । स्थानीय पालिकाको सिफारिस र समन्वयमा लाभग्राही पहिचान गरी उनीहरूकै खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • 724653329_2157013535084473_5345692973322251802_n

    बागमती प्रदेश बुद्धिचालमा ललितपुर टिम विजेता

  • bajet-gangajamuna

    गङ्गाजमुना गाउँपालिकाको बजेट ६० करोड ५३ लाख,पूर्वाधार विकास देखी पर्यटन प्रवद्र्धन प्राथमिकता

  • IMG_20260621_084847

    धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

  • 1782007474409

    प्रदेश स्तरीय खेलकुद प्रतियोगिता : धादिङको महिला भलिबल टिम प्रथम हुँदा पुरुष टिम तेस्रो

  • समाचार
  • १

    बागमती प्रदेश बुद्धिचालमा ललितपुर टिम विजेता
    ९ घण्टा अघि

  • २

    गङ्गाजमुना गाउँपालिकाको बजेट ६० करोड ५३ लाख,पूर्वाधार विकास देखी पर्यटन प्रवद्र्धन प्राथमिकता
    ९ घण्टा अघि

  • ३

    धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन
    २0 घण्टा अघि

  • ४

    प्रदेश स्तरीय खेलकुद प्रतियोगिता : धादिङको महिला भलिबल टिम प्रथम हुँदा पुरुष टिम तेस्रो
    २१ घण्टा अघि

  • ५

    कार्यसम्पादन मूल्याङ्कनमा धादिङ प्रहरी लगातार दोस्रो पटक उत्कृष्ट
    १ दिन अघि

  • ६

    ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?
    १ दिन अघि

  • ७

    बागमती प्रदेश बुद्धिचालमा ललितपुर जिल्ला अगाडी
    १ दिन अघि

  • ८

    जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद
    १ दिन अघि

  • ९

    नेत्रावती डवजोङका शिक्षकलाई आइटम राइटिङ कार्यशाला, सिकाइ उपलब्धि बढाउने अपेक्षा
    १ दिन अघि

  • १०

    भित्रियो मनसुन : औसत मितिभन्दा ६ दिन ढिला,देशभर फैलिन समय लाग्ने
    १ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution