


























धेरैजसो सरकारी कार्यालयका वेबसाइट डाउन भएका छन् । सर्भरमा आएको समस्याका कारण धेरैजसो सरकारी साइट चलेका छैनन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, विभाग लगायतका साइट चलेका छैनन् । अध्यागमन विभागको साइट समेत डाउन हुँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमनको साइट नचल्दा उडान ठप्प भएका हुन् ।
अध्यागमनको साइट नचलेकाले विदेशबाट आएका व्यक्ति र जान लागेका व्यक्तिका कागजात सम्बन्धी काम ठप्प भएका छन् । सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएकाले सबैतिर समस्या देखिएको हुन सक्ने शंका गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |