

भूकम्प आउने हल्ला चलेपछि जुम्ला,मुगु र बाजुराका बासिन्दा रातभर बाहिर बसेका छन्।
भूकम्पको हल्ला फैलिएपछि स्थानीय घर छाडेर खेतबारी र सडकमा बस्न बाध्य भएका हुन्। भूकम्प आउँदैछ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका तस्विर सामाजिक सञ्जालमा समेत छ्याप्छ्याप्ती भए।
महिला, बालबालिका तथा वृद्धवृद्धा बढी त्रासमा परे। सिमिकोटका नवराज महताराले भूकम्पको हल्ला गर्दै हुम्ला, मुगु र बाजुराका मानिसलाई चिसोमा रातभर घर बाहिर बसाइएको बताए। उनले यसरी हल्ला फैलाउनेलाई कारबाहीका लागि प्रशासनलाई नागरिकले सघाउनुपर्ने उल्लेख गरेका छन्।
जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्पबारेको जिज्ञासासहित रातभर फोन आएको बताए। ‘रातभर फोनले हैरान पार्यो। मानिसहरूलाई दुःख दिनेको खोजी गरी कारबाही गर्नेछौँ’, उनले भने।
उनले यो हल्लाको पछि नलाग्न र सचेत हुन सुझाव दिए। भूगर्भविद्हरू पनि भूकम्पकोपूर्वानुमान गर्न नसकिने भएकाले त्रासमा पर्न नहुने बताउँछन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |