


























विराटनगरमा लागूऔषध खैरो हेरोइन ओसारपसारका क्रममा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।
विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयका अनुसार विराटनगरको रानीस्थित १ नम्बर ढाटबाट असई घनश्याम लाखे १ दशमलव ५२ ग्राम हेरोइनसहित पक्राउ परेका हुन् ।
बिहीबार अपराह्न साढे ४ बजे प्रदेश १–०३–००१ प १३५९ नम्बरको मोटरसाइकलमा आएका ३० वर्षीय लाखेलाई शंका लागेर चेक गर्ने क्रममा लागूपदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
लाखेको घर उदयपुरसिथत कटारी नगरपालिका भएको खुलेको छ। प्रहरीले लाखेसँगै मोटरसाईकलमा सवार इलामको माङ्सेबुङ गाउँपालिका–२ का २३ वर्षीय मनोज अधिकारीलाई पनि पक्राउ गरेको छ।
पक्राउ परेका दुवैजनालाई लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको प्रहरीको भनाइ छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |