


























नक्कली सुन देखाई ठगी गर्ने चार जना वीरगञ्जबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–१० बस्ने रामबिर चौधरी, सोही नगरपालिका –६ बस्ने लालबाबु राय यादव, वडा नम्बर १७ बस्ने अवधेश कुमार राय र वडा नम्बर १८ बस्ने राकेश कुर्मी रहेका छन्।
पक्राउ परेका चारैजनाले वीरगञ्ज महानगरपालिका–१५ स्थित हिमालयन होटल अगाडि सडकखण्डमा बीआर १ पी ०६४९ नम्बरको स्कारपियो गाडीमा बसी सर्वसाधारणलाई एक किलोको नक्कली सुनको बिस्कुट देखाई ठगी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नक्कली सुनलाई नियन्त्रणमा वीरगञ्ज सुन चाँदी व्यवसायी संघमा परीक्षण गराउँदा नक्कली भएको प्रमाणित भएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । पक्राउ परेका चारै जनालाई ठगीसम्बन्धी कसूरमा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको गिरीले बताए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |