

































धादिङ,२८ फागुन ।
त्रिशुली नदिमा फाल हानी बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ।
आईतबार त्रिशुली नदिमा फाल हानी बेपत्ता भएकी धादिङको सिद्धलेक गाउँपालिका वडा नं.६ कुम्पुर भञ्ज्याङ की २० बर्षिय हिरामाया घलेको शव परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घरायसी विवाद पछि घरबाट निस्की हिडेकी घलेले हरीयो चप्पल, चुरा (फुटेको) र घडी बिहानी पेट्रोलपम्प झोलुङ्गे पुल स्थित त्रिशुलि नदिको किनारामा फुकालेर छाडेकी थिईन ।
नदि किनारमा सो वस्तु छाडेको देखेपछि प्रहरी र स्थानियले मानिस बेपत्ता हुन सक्ने आशंकामा खोजी गरेको थियो । ईलाका प्रहरी कार्यालय गजुरीबाट १० जना र सशस्त्र प्रहरी बल नेपाल कुरिनटारबाट गोताखोर सहितको ९ जना गरी १९ जनाको संयुक्त टोलीले खोजतलास गर्दा आईतबार दिउँसो ३ बजेको महिलाको शव फेला पारेको प्रहरीले जनाएको छ ।
शव परिक्षणको लागी प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |