


























देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विधागका अनुसार आज बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहको छ । अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ ।
विभागले आज दिउँसो पहाडी भू–भागहरूमा आंशिकदेखी सामान्य बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । “काठमाडौंमा आज बिहान मौसम सफा रहे पनि अपराह्नपछि भने मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ,” मौसमविद् श्रेष्ठले भने, “ठूलो पानी पर्ने सम्भावना भने छैन । केही समय वर्षा भएर रोकिनेछ ।”
विभागका अनुसार आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |