

काठमाडौँ उपत्यकामा आइतबार बिहान गरिएको विशेष चेकिङका क्रममा १४ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उलङ्घन गर्ने १४ ओटा स्कुल बसका चालक कारबाहीमा परेका हुन् । स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा गरी स्कुल बस सञ्चालन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिरहेको छ ।
योसँगै आज बिहान भएको चेकिङकै क्रममा अन्य ट्राफिक नियम उलङ्घन गर्ने २८२ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |