


























आगामी २४ घण्टामा तीनवटा प्रदेशमा वर्षाको सम्भावना आकलन गरिएको छ।
गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा अहिल बिहान हल्का वर्षा भइरहेको छ। आज राति कोशी प्रदेशमा पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पहाडी इलाकाका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक चक्रवातको प्रभाव भने नेपालमा नपर्ने देखिएको विभागले जनाएको छ। उक्त चक्रवात हाल बंगलादेश र म्यानमारको तटीय क्षेत्रतर्फ बढिरहेको छ।
अहिले बिहान पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा छ। गण्डकी र कर्णाली प्रदेशका १-२ स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पहाडमा आंशिकदेखि सामान्य बदली रही हिमाल र तराईमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। पहाडका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
आज राति पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना प्रक्षेपण गरिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |