


























आगामी २४ घण्टामा देशका चारवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, वागमती र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराईका केही स्थानमा भने हावाहुरीको सम्भावना देखिएको छ।
मेघ गर्जन, चट्याङ र हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
देशभर पश्चिमी निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण वर्षा भइरहेको विभागको भनाइ छ। हिजो राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, वागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भएको थियो।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। मधेश, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको जोखिम पनि देखिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |