

धादिङ,२६ जेठ ।
धादिङको ज्वालामुखी गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि पुनतार्जगी तालिम सुरु भएको छ ।
ज्वालामुखी गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रबारदेखी साँधभञ्ज्याङमा दुईदिने पुनतार्जगी तालिम सुरु भएको हो । तालिमको गाउँपालिका अध्यक्ष यमनाथ दनैले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दनैले स्थानिय स्तरमा हुने विवाद निरुपण गर्न मेलमिलापकर्ता सधैँ रहने र यो तालिम महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले न्यायिक निरुपणका लागि सहज बनाउन तालिम सञ्चालन गरिएको भन्दै तालिममा सिकाइलाई ध्यान दिन सहभागीहरुलाई आग्रह गर्नुभयो । गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष दनैको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिभिन्न वडाका वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित, गाउँपालिकाको बिभिन्न शाखाका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।
तालिमको प्रशिक्षकको रुपमा कमला विष्ट र अर्जुन प्रसाद घिमिरे रहनुभएको छ ।तालिममा स्थानिय स्तरका विवाद कसरी समाधान गर्ने, आएका चुनौती र अफ्ठयारोको कसरी सामना गर्ने लगाएतका बिषयमा छलफल हुने बताईएको छ ।
भोलिसम्म सञ्चालन हुने तालिममा गाउँपालिकाको ७ वटै वडाका ४४ जना सुचिकृत मेलमिलापकर्ताहरु सहभागिता छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |