

ललितपुर ,१९ असार।
ललितपुर महानगरपालिका र नेपाल छाला जुत्ता उत्पादक संघको सहकार्यमा अप्प कटाई तथा सिलाई तालिम संचालन गरेको छ ।

असार ७ गतेदेखि ललितपुर महानगरपालिकाको वार्ड नं १४ स्थित लुहाचोकमा १५ दिने छालाजन्य बस्तु उत्पादन कार्यक्रम अन्तर्गत अप्पर कटाई तथा सिलाई तालिम संचालन गरिएको हो ।
सार्की समुदायको पुर्ख्याउली जुत्ता व्यवसायको संरक्षण र सम्बर्धन गर्ने उदेश्य अनुरुप तालिम संचालन गरिएको नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष हरिराम बोगटीले बताए ।
तालिमबाट सिकेको सिप व्यवहारमा लागू गरी आफ्नो जिविकोपार्जन गर्न सहयोग पुर्याउने हेतुले तालिम लिएका प्रशिक्षार्थीहरु मध्ये उत्कृष्ट ७ जनालाई सिलाई कटाई मेसिन समेत दिइने अध्यक्ष बोगटीले जानकारी दिए ।
तालिम अनुभवि रामेश्वर बोगटीले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षक बोगटीले भेदनामबाट १८ महिने छाला जुत्ता एवम् अर्थपेडिक सम्बन्धी डिप्लोमा र नेदरल्याण्डमा ३ महिने तामिल समेत लिएका छन् ।
तालिममा सार्की समुदायका १४ जना प्रशिक्षार्थीमध्ये ४ जना पुरुष र १० जना महिलाको सहभागित रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |