

धादिङ । सदरमुकाम धादिङबेशीस्थित मिलनटोलमा घरमा पार्किङ गरेर राखिएको एक स्कुटरमा आगजनी भएको छ ।
सोमबार करिव पौने ११ बजे राती बागमती प्रदेश ०२ ०४७ प ५२५० नम्बरको स्टुकरमा अज्ञात मानिसले आगो लगाइदिएको स्कुटर धनी खड्ग भूवन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘स्कुटरमा आगो लागिरहेको छिमेकीले देखेपछि आगो निभाइयो तर स्कुटरमा अगाडी र पछाडीको भागमा धेरै क्षति पुगेको छ। स्कुटर नजिकै ग्यासहरु थियो,धन्न ग्यासमा सल्किन भ्याएन । ठूलो दुर्घटनाबाट बच्यो।’
स्कुटरलाई ओडाएको खोलमा आगो लगाइदिएपछि स्कुटरमा आगो लागेको उहाँले बताउनुभयो ।
उक्त घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |