

काठमाण्डौ –कार्तिक १ गतेसम्म नारायणघाटदेखि काठमाण्डौसम्म ठूला गाडी सञ्चालनमा रोक लगाईएको छ ।
यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म चितवनको नारायणघाटदेखि काठमाण्डौसम्म ट्रेलरसहितका अन्य ठूला गाडी सञ्चालनमा रोक लगाएको हो ।
यात्रुवाहक गाडीलाई प्राथमिकता दिनेगरी ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिनुभयो ।
यसमा औषधि र तरकारी बोकेकाबाहेक अन्य ठूला गाडी आउँदो कार्तिक १ गतेसम्म बन्द रहने उहाँको भनाइ छ ।
आयातित मालवाहक गाडीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक गाडीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालय खुलेको अवस्थामा नरोक्ने निर्णय भएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |