

नारायणघाट–मुग्लिन सडकखण्ड अन्तरगत चितवनको नौ किलोमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।दुर्घटनामा २ जना घाइते भएका छन्।
आइतबार बेलुका नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक दुर्घटना हुँदा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ बस्ने ३८ वर्षीय श्याम बजगाईं र सोही ठाउँका ३१ वर्षीय दीपक दाहालको भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो।
उनीहरु दुवैजनालाई च्यापिएको अवस्थामा उद्धार गरेर भरतपुर अस्पताल पुर्याइएको थियो। दुर्घटनामा घाइते दुई जनाको अहिले उपचार भइरहेको छ भने एक जना सकुशल छन्।
दुर्घटनापछि फरार रहेका मकवानगढी गाउँपालिका ६ का २६ वर्षीय दिनेश पुडासैनीलाई आज बिहान ५ बजे नियन्त्रणमा लिइएको डीएसपी महतोले बताउनुभयो।
ट्रकमा चालकसहित ६ जना सवार रहेका थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |