

थप्रेक । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा ४ थप्रेकमा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिखिकरण कार्यक्रम सम्पन्न भएको छ।
वडाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि जानकारी दिने तथा क्षमता विकास गर्ने र वडा स्तरीय बालमैत्री समिति गठन गर्ने उद्धेश्यले आईतबार अभिमुखीकरण कार्यक्रम गरिएको गाउँपालिकाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका अधिकृत कविता भट्टले जानकारी दिनुभयो ।

कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासन, वडा समितिको संस्थागत संरचना र बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरू ,बालक्लब, बालक्लब संञ्जाल गठन तथा परिचालन लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक सहजकर्ता दामोदर अर्यालले सहजीकरण गर्नु भएको थियो।

अभिमुखिकरण कार्यक्रम पछि वडाध्यक्ष सञ्च तामाङको अध्यक्षतामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिमला केसीले गाउँपालिकाले २०८३ माघ मसान्त भित्र बालमैत्री पालिका बनाउने लक्ष्य सहित कार्य योजना बनाएर बालमैत्री अभियान संचालन गरिरहेको बताउनुभयो ।
उहाँले यहि अभियानलाई सार्थक बनाउन अहिले सबै ५ वडा वडामा अभिमुखिकरण तथा समिति गठन गरिएको पनि बताउनुभयो ।

उपाध्यक्ष केसिले अब छिट्टै पालिकालाई बालश्रम मुक्त पालिका घोषणाको तयारीमा रहेको बताउनुभयो । बालबालिकामा लगानी योजना ,वडा तथा पालिका तहमा बालभेला, बालबालिका सम्बन्धि स्थिति पत्र प्रकाशन,बालक्लब फोकल शिक्षकको लागि तालिम ,बालक्लबका पदाधिकारीहरुको लागि क्षमता विकास तालिम लगायतका कार्यक्रम यसै आार्थिक बर्षमा गरिने योजना रहेको बताउनुभएको छ।
उहाँले यो बालमैत्री पालिका बनाउने कार्यमा एकताबद्ध भएर अभियानको रुपमा अघि बढाउन सबै सरोकारवालालाई अनुरोध गर्नु भएको छ।
कार्यक्रममा वडा सदस्यहरु, बालक्लबका प्रतिनिधि, शिक्षक, महिला समूह, महिला स्वयंसेविकाहरु लगायतका सहभागी थिए ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |