

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सञ्चारकर्मीलाई सम्मान गरिएको छ ।
कोटिहोमको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान दिएको कदर स्वरूप १ सय बढी सञ्चारकर्मीलाई सम्मान गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो।
उहाँका अनुसार देशभर बाट आउने सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रम जारी रहेको छ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज श्रीमद्भागवत कथा प्रवक्ता एवम् वरिष्ठ ज्योतिषविद् हरिशरण शास्त्री, महायज्ञ मूल आयोजक समितिका सहसंयोजक गंगाधर पराजुलीले सञ्चारकर्मीलाई कदर पत्र दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।
सम्मान कार्यक्रममा सम्मानित भएपछि सञ्चारकर्मीले कोटिहोमको सम्मानले आफूहरूलाई थप उर्जा प्रदान भएको बताउँदै कोटिहोमको प्रचार-प्रसारमा आफूहरूको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले आम सञ्चारकर्मीको सकारात्मक सन्देशले नै कोटिहोमले सफलता पाएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् ।
पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |