

पूर्वराजा ज्ञानेन्द्र शाहले झापाका दुर्गा प्रसाईंले सुरु गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको सोमबार उदघाटन गरेका छन् ।
सरकारले ‘जनयुद्ध दिवस’को सार्वजनिक बिदा दिएको दिन शाहले पानसमा बत्ति बालेर तथा परेवा उडाएर अभियानको उदघाटन गरेका हुन् ।
कार्यक्रम स्थतलमा पुगेका पूर्वराजा शाह आधा घण्टा बसेर फर्किएका थिए । उनले त्यहाँ कुनै सार्वजनिक अभिव्यक्ति दिएनन् । मेचीनगर नगरपालिका-६ को प्यारिभिट्टामा आयोजित समारोहमा महाअभियान सुरु गरिएको हो ।
उद्घाटन कार्यक्रममा शाहकी श्रीमती कोमल शाह, छोरा पारश शाह र छोरी शिताष्म शाहको सहभागिता थियो । पूर्वघोषित कार्यक्रम अनुसार शाह परिवार दिउँसोको २ बजे कार्यक्रम स्थल आइपुगेको थियो ।
उनीहरू त्यहाँ आधा घण्टामात्रै बसेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |