


























हिउँदयाम सकिन अब १० दिन बाँकी छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । आज फेब्रुअरी १९ तारिख हो । यसपालि हिउँद नसकिँदै गर्मी बढेको छ ।
यसपालिको हिउँदमा हिमपात र वर्षा नहुँदा गर्मी बढेको हो । पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेको छैन । पानी नपर्दा माघ महिनादेखि नै तापक्रम बढ्न थालेको थियो ।
हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत पानी पर्न सकेको छैन ।बाँकी १० दिनमा पनि पानी पर्ने खासै सम्भावना नदेखिएको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार यो हिउँदमा वर्षा हुने सम्भावना टर्दै गएको छ ।
वर्षा र हिमपात नहुँदा यसपालि सुक्खा बढेको छ । यसले आगलागी र डढेलोका घटनासँगै वायु प्रदूषण बढ्ने अनुमान छ । आज प्रदेश-१ र बाग्मती प्रदेशका उच्च पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |