

आगामी वैशाख १० गते चितवन–२ मा हुने उपचुनावका लागि निर्वाचन आयोगमा १८ दल दर्ता भएका छन् । नागरिकता प्रकरणमा अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज भएपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो । दर्ता भएका दलले मात्रै उपचुनावमा भाग लिन पाउनेछन् आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
उपचुनावमा नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले)ले भाग लिने गरी दल दर्ता गराएका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी, मौलिक जरो किलो पार्टी दर्ता भएका छन् । त्यस्तै राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाली कांग्रेस (बीपी), राष्ट्रिय प्रजातन्त्र पार्टी र जय जन्मभूमि पार्टी नेपालले पनि दल दर्ता गराएका छन् ।निर्वाचन आयोगले दल दर्ताका लागि फागुन १० गतेदेखि १६ गते सम्मको समयसीमा निर्धारण गरेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |