

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा प्रकाशन भएपछि मात्रै कक्षा ११ मा भर्ना खोल्न अनुरोध गरेको छ ।
विगतका वर्षहरूमा एसईईको नतिजा प्रकाशन हुनु अगावै कक्षा ११ मा भर्ना खोल्ने गरेका थिए । केन्द्रले आगामी शैक्षिक सत्रमा भने एसईईको नतिजा प्रकाशित भएपछि मात्रै कक्षा ११ मा भर्ना प्रक्रिया अगाडि बढाउन भनेको हो ।
कतिपय विद्यालयहरूले वैशाख÷जेठदेखि नै कक्षा ११ मा भर्ना खोल्दै आएका छन् । विद्यार्थीहरूलाई विभिन्न अफर अघि सारेर आफ्नो विद्यालयमा भर्ना गराउन उनीहरू सक्रिय देखिएका छन् ।
यो वर्षको एसईई परीक्षा चैत १७ गतेदेखि सञ्चालन हुँदैछ । चैत २९ गते परीक्षा सकिनेछ । विभिन्न विद्यालयहरूले भने परीक्षा सकिएसँगै कक्षा ११ मा भर्ना आह्वान गर्न अघि सर्छन् । केन्द्रले त्यसलाई रोक्नको लागि एसईईको नतिजा आएपछि मात्रै भर्ना प्रक्रिया अगाडि बढाउन भनेको हो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |