


























पाली सेनाले हिरासतमा लिएका दुईजना वरिष्ठ सैन्य अधिकारीहरूलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।सैनिक हिरासतमा रहेका कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कुलदीप तिमिल्सिनालाई सैनिक प्रहरीले दुई दिनअघि आफ्नै हिरासतमा लिएको थियो।
शाहकी पत्नी शोभा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले तीन दिनभित्र उनीहरूलाई अदालतमा उपस्थित गराउन नेपाली सैनिकलाई आदेश दिएको हो।
उनीहरूसँगै उनीहरूमाथि लगाइएका आरोपका सबै फाइलहरू ल्याउन पनि अदालतले आदेश दिएको छ। सेनाले उनीहरू दुवैलाई आर्थिक अनियमितताको आरोप लगाएको छ। तर पारिवारिक स्रोतका अनुसार उनीहरूमाथि ‘सैनिक विद्रोह’को आरोप छ।
यसअघि यस्तै एउटा आरोपमा सेनाका जनरल प्रेम शाहीलाई सेनाले दुई महिनादेखि हिरासतमा राखिरहेको छ। उनको बारेमा समेत सेनाले परिवारलाई कुनै जानकारी दिएको छैन।
सैन्यस्रोतका अनुसार जनरल शाहीलाई सघाएको आरोपमा यी दुई अधिकृतहरूलाई पनि सेनाले हिरासतमा राखेको हो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |