

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल यूएईसँग पराजित भएको छ ।
बिहीबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको हो ।यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ३५ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३९ रन बनायो ।
नेपालका लागि कुशल मल्लले ६० रनको अर्धशतकीय पारी खेले । अन्यले रन बनाउन सकेनन् । यसअघि टस हारेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको थियाे ।
दुबईका लागि ओपनर आसिफ खानले अर्धशतकिय पारी खेले । उनले ९९ बलमा ५ चौका र ३ छक्काको मद्धतमा ७२ रनको योगदान गरे । अर्का ओपनर मोहम्मद वसीम भने डक आउट भए । रोहन मुस्तफाले ५१ रन जोडे ।
वृत्य अरविन्दले १८ रन, कप्तान सीपी रिजवानले २२ रन, अलिशान शराफुले २ रन र आर्यन लाक्राले २८ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले कसिलो बलिङ गरे । उनले १० ओभर बलिङ गर्दै २७ रन खर्चेर ३ विकेट लिए । करण केसी, आरिफ शेख र कुशल मल्लको नाममा एक/एक विकेट रह्यो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |