

आजदेखि राष्ट्रपति चुनावका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगले राष्ट्रपतिको चुनावका लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरु भएको जनाएसँगै फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको हो । प्रचारप्रसार निषेधको अवधि २५ गते मतदान बन्द नभएसम्म कायम रहनेछ ।
चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था निर्वाचन आचारसंहिता, २०७९ मा छ ।
आचारसंहितामा अनुसार प्रचारप्रसार निषेध गरेको बेला चुनाव प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ । आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित/हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न हुँदैन ।
आयोगले देशको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको चुनावमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराइ चुनावको स्वच्छता र मर्यादा कायम गर्न सबैलाई आग्रह गरेको छ । राष्ट्रपति चुनावमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट एमाले उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।
चुनावमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा प्रदेश सभा सदस्यले मतदान गर्न पाउने छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |