

धादिङ,२५ फागुन ।
ज्वालामुखी गाउँपालिकामा बहुकक्षा बहुस्तर शिक्षण पद्धति सम्बन्धी अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु भएको छ ।
गाउँपालिकाको आयोजना तथा जर्मन नेपाल सहयोग संघ र विकासको लागि एकताको प्राविधिक सहयोगमा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकहरुको लागि वडा नं ६ स्थित साँधभञ्ज्याङमा दुईदिने अभिमुखीकरण कार्यक्रम आजदेखी सुरु भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले विद्यालयमा शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय समायोजन, शिक्षक दरबन्दी मिलान गर्न निती तथा कार्यक्रममा भए अनुसारको कार्यक्रम लागु गरिएको बताउनुभयो ।
अध्यक्ष दनैको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्याल, प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डित लगाएतको उपस्थिति रहेको थियो ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा एउटै कक्षा कोठामा १, २ र ३ का विद्यार्थीलाई शिक्षा दिनको लागि शिक्षक व्यवस्थापन गर्ने उद्धेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको गाउँपालिकाकी शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख देवकी सिंखडाले बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा गाउँपालिका भित्रको १३ वटा विद्यालयका ४९ जनाको सहभागिता रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |