

टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरुले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले सो कुराको जानकारी दिएका छन् ।
ती प्रवक्ताले गत महिना टर्की र सिरियामा गएको भूकम्पका पीडितलाई निरन्तर रुपमा सहयोग उपलब्ध गराएका जनाएका छन् ।
सिरियामा भूकम्पबाट ८० लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ । यहाँका नागरिकमा आवश्यक खाद्यान्न र पानीको पनि समस्या परेको छ ।सफा पिउने पानीको अभावमा यहाँका कतिपय स्थानमा हैजाको प्रकोप फैलिने त्रास रहेकाले ती स्थानहरुमा पछिल्ला केही समययता स्वास्थ्य सामग्री र औषधि पनि वितरण गरिएको छ ।
ती प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसंघका विशिष्टिकृत एजेन्सीहरुले औषधि, खद्यान्नको प्रबन्ध गरेका छन् । हैजाको प्रकोप फैलिन सक्ने सम्भावित स्थानहरुमा ती एजेन्सीहरुको सहयोगमा हैजा विरुद्धको खोप आदिको पनि व्यवस्था गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सी, विश्व स्वास्थ्य संगठन, विश्व खाद्य कार्यक्रम आदिले सिरिया र टर्कीका भूकम्प प्रभावितहरुका लागि काम गरिरहेका बताइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |