

६ विद्यार्थी संगठनले काठमाडौंको मीनभनवस्थित नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् ।
एनसीसी प्रशासन तथा स्ववियु निर्वाचन समितिले केही अमुख विद्यार्थी संगठन तथा व्यक्तिको साँठगाँठ तथा प्रलोभनमा परि अमुख संगठन तथा व्यक्तिलाई केन्द्रमा राखेर नामावली प्रकाशन गरेको विरोधमा तालाबन्दी गरेको हो ।
साथै विद्यार्थीलाई संविधान प्रद्धर्त हक वमोजिम उठ्न बन्देज गरेको प्रति आपत्ति जनाएका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी , अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारी विप्लव, नेविसंघ विपी, नेसवियु लागयतका संगठनले सयूक्त विज्ञप्ति जारी गर्दै भर्ना नगरेको विद्यार्थीलाई नामवलीमा समाबेस गरेकोले नामावली सच्याएर प्रकाशन गर्न माग गरेको छ ।
यस्तै प्राईभेट कार्यक्रममा अध्यनरत विद्यार्थीले संगठन खोल्ने तथा निर्वाचनमा उम्मेदवार बन्न बञ्चित गरेकोले यसको वातावरण निर्माण गर्न र संगठनको सूची प्रकाशित गर्न समेत माग गरेको छ ।
विद्यार्थी संगठनले राखेको मागहरु सम्बोधन नहँदासम्म स्ववियु निर्वाचन कार्यालय ताला बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । कसैले ताला बन्दी खोल्ने दुस्साहस गरेमा त्यसबाट उत्पन्न हुने असहज परिस्थितिको स्वयम स्ववियु निर्वाचन समिति तथा क्याम्पस प्रशासन चेतावनी दिएको छ । स्ववियु निर्वाचन समितिमा तालाबन्दी भएसँगै उम्मेदवारी प्रकिया प्रभावित बनेकाे छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |