

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिवार उम्मेदवारी दर्ता भइरहेको छ।निर्वाचनका मिति नजिकिँदै जाँदा विभिन्न घटनापनि बाहिरिन थालेका छन् ।
शनिवार उम्मेदवारी दर्ताको समयमा रत्न राज्य क्याम्पसमा उम्मेदवारी दर्ताको समयमा नेकपा एसका एक कार्यकर्ताले खुकुरी आतङ्क मच्चाएका छन् ।
क्याम्पस हाताभित्र नेकपा एसका एक कार्यकर्ता नाङ्गो खुकुरी देखाएर एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरूलाई धम्की दिँदै गरेको भिडिओ सार्वजनिक भएको छ ।
खुकुरीसहित पक्राउ पर्ने मनोज चन्द भन्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनलाई स्ववियु सभापति तपेन्द्रजंग शाहीसहितका अखिलका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
प्रहरी स्रोतका अनुसार उनी नेकपा एसका एक नेतासँग त्यहाँ पुगेका थिए । उनी विद्यार्थी होइनन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |