

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज सपथ ग्रहण हुदैँछ ।राष्ट्रपतिको कार्यालय, शितल निवासले पौडेलको शपथका लागि फागुन २९ गते दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथ कार्यक्रमको सपथको सम्पुर्ण तयारी सकिएको छ ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। जसअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद पौडेल गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। उनी प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन्। पौडेलले ३३ हजार ८०२ मतभार र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |