

गोरखामा दुध बोक्ने मिनिट्रक दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ। दुर्घटनामा सात यात्रु घाइते भएका छन्।
गोरखा नगरपालिका–६ बिसौनीमोडमा प्रदेश ३–०१–००३ क ६१७० नम्बरको मिनिट्रक अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।
गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको मिनिट्रकले बा ८६ प १७८६ नम्बरको मोटरसाइकल र पैदलयात्रुलाई समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए।
दुर्घटनास्थलबाट ८ जना घाइतेलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गोरखा पुर्याइएकोमा एक जना पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।मृतकको पहिचान नखुलेको लामिछानेले बताए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |