

विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलो पटक गणित उद्यान (म्याथ पार्क) को सुरुआत गरिएको छ । गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले म्याथ पार्कको सुरुआत गरिएको हो ।
बूढानीलकण्ठस्थित इम्पेरियल वल्र्ड स्कुलले स्थापना गरेको म्याथ पार्कको आज उद्घाटन गरिएको छ । पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले पार्कको उद्घाटन गर्नुभयो। म्याथ पार्कमा विद्यार्थीहरूले गणितलाई प्रयोग गरेर रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन् ।
गणित विषय गाह्रो हुन्छ, भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न म्याथ पार्कको भूमिका रहने छ । साथै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरूले आफैँ म्याथ पार्कमा गणितका नयाँ कुरा सिक्न सक्छन् जसले कक्षा कोठाको शिक्षणमा पनि सहयोग पुग्ने छ ।
विज्ञान प्रविधि सचिव बज्राचार्यले नेपालमा पहिलो म्याथ पार्क निर्माणले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताउनुभयो । उहाँले विज्ञान र गणित विषयप्रति विद्यार्थीको आकर्षण कम हुने गरेको भन्दै म्याथ पार्कले विद्यार्थीलाई सहज हुने धारणा बताउनुभयो ।
मन्त्रालयले स्टिम शिक्षाका सामग्री तयार पार्ने कार्य भइरहेको जानकारी दिँदै पूरा भएपछि विद्यालयलाई वितरण गरेर शिक्षकलाई यसबारे तालिम दिन तयारी गरेकोसमेत उहाँले जानकारी दिनुभयो । नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा हुन आवश्यक रहेको बताउनुभयो ।
अङ्ग्रेजी जानीनजानी बोल्ने गरे पनि गणित आउँदैन भन्ने र यसलाई महत्त्वका साथ नहेरिएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टिम विभागका प्रमुख विनोद पन्तले बताउनुभयो । विद्यालयकी प्रिन्सिपल जुनिता शाही कार्कीले विद्यालयको गणित विभागका कारण म्याथ पार्क निर्माण गर्न सकिएको जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |