

विप्लव नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकताको घोषणा भएको छ ।
बुधबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरि दुई पार्टीले एकताको घोषणा गरेका हुन् । नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नका र जनताको समृद्धि जीवन एवं स्वाधीन नेपाल राष्ट्र निर्माणका लागि एकतावद्ध भएर अघि बढ्ने सहमति गरेको दुई पार्टीले जनाएको छ ।
त्यस्तै दुई पार्टीले क्रान्तिकारी धारमा रहेका नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायत पार्टीहरूसँग पनि एकताका लागि छलफल जारी रहेको उल्लेख गरेका छन् । पत्रकार सम्मेलनमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसद्को गोलचक्कर र संसद्मा हराउने कम्युनिष्ट आन्दोलनले नेपाली जनताको हित र मुलुकको स्वाधीनताको रक्षा गर्न नसक्ने बताए ।
उनले जनयुद्ध लडेको मान्छेलाई अपराधिकरण गर्न खोज्दैमा कम्युनिष्ट पाटी नडराउने जिकिर गरे । विप्लवले ६३-६४ पछि माओवादीले उठाएका विषयहरू निष्कर्षमा पुग्न नसकेका कारण नै माओवादीलाई कमजोर बनाउने कोशिस भइरहेको बताए ।
त्यस्तै नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाले नेपालको राजनीतिक संकटलाई समाधान गर्नका लागि कम्युनिष्ट क्रान्तिकारीहरू एक हुनुपर्ने बताए । उनले अव माओवादी क्रान्तिकारी शक्तिहरू एकैठाउँ आउनुपर्ने बताए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |