

सत्तारुढ १० दलीय गठबन्धनको मंगलबार साँझको बैठकमा उपराष्ट्रपति उम्मेदवार कसलाई साझा बनाउने भन्नेबारे समझदारी नभएपछि बिहीबार फेरि बैठक बोलाइएको छ ।
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सकारात्मक छलफल भए पनि सहमति नभएकाले फेरि बस्ने तय भएको बताए ।
गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव र जनमतकी ममता झा उम्मेदवार छन् ।
यसअघि बुधबारै बसेको कांग्रेस बैठकले जसपाका यादवलाई मत दिने निर्णय गरिसकेको छ । ममता झालाई लोसपा, नागरिक उन्मुक्ति र जनमतको समर्थन छ ।
बिहीबारसम्म साझा उम्मेदवार तय हुने र एकजनाको निष्क्रिय गर्ने सहमति भएको बताइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |