

प्रचारप्रसार कमी, ढुवानीमा देखिएको समस्याको कारण सिमावर्ती क्षेत्रका १० प्रतिशत जनताहरु भारतमा निर्मित कमसल र आयोडिन नभएको नुन खान बाध्य छन् ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड शाखा कार्यालय जनकपुरका अनुसार आयोडिन नुनको प्रयोग गर्नेहरुको संख्या अत्यधिक भए पनि सिमावर्ती दुर्गम गाउँका करिब १० प्रतिशत बासिन्दाहरु सस्तोमा पाउने भारतीय नुन प्रयोग गर्ने गरेको छ ।
नेपालमा निर्मित दुई बालबालिका छाप भएको आयोडिन नुन प्रयोग गर्ने बारे व्यापक प्रचार प्रसार गरिए पनि सिमावर्ती दुर्गम गाउँमा डिलर नभएरका कारण त्यसभेगका करिब १० प्रतिशत नेपाली जनताहरु भारतीय नुन प्रयोग गर्ने गरेको शाखा प्रमुख शुभनारायण साहले बताए ।
आयोडिनको अभावमा गलगाठो, वामपुडके लगायतका विभिन्न प्रकारका शारिरिक रोग वारे जनतामा सचेतना जगाए पनि धनुषा र महोत्तरि जिल्लाका सिमावर्ती क्षेत्रका बासिन्दाहरु भारतीय नुनको प्रयोग गर्ने गरेको छ । कार्यालयले थोक विक्रेतालाई प्रति केजि १८ रुपैयाँ ५० पैसामा आयोडिन नुन उपलब्ध गराए पनि थोक विक्रेताहरु प्रति केजि २५ रुपैयाँ बेच्ने गरेकाले ग्रामिण क्षेत्रका कतिपय बासिन्दाले कमसल र सस्तोमा पाउने भारतीय नुन प्रयोग गर्न बाध्य भएका छन् ।
धनुषा, महोत्तरी र सिन्धुलीमा आयोडिन नुन बिक्री गर्ने ३८ वटा थोक विक्रेता भए पनि दुर्गम गाउँमा सो नुन पु¥याउँदा ढुवानी खर्च बढी लाग्ने गरेकाले सो नुन पु¥याउन नसकेकोले महंगो हुन गएको देखिन्छ । सिमावर्ती नेपाली गाउँमा आयोडिन नुनको थोक बिक्रेताको अभावको कारणले अहिले पनि त्यस भेगका जनताहरु ढिके नुनसमेत प्रयोग गर्ने गरेको देखिन्छ ।
सो कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ११ करोड ७२ लाख ९० हजार मूल्य बराबरको ६३ हजार ४०० क्विन्टल आयोडिन नुन बिक्री गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |